नेपाल एग्रो माइक्रोफाइनान्सले करिब डेढ करोडको आईपिओ जारी गर्ने

Aug 07, 2018 Merolagani

नेपाल एग्रो माइक्रोफाइनान्सले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

मंगलबार आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी रमेश घिमिरे र माईक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरे ।

पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले एक करोड ४४ लाख रुपैयाँ बराबरको एक लाख ४४ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

कम्पनीको जारी पूँजी ४ करोड ८० लाख रुपैयाँ छ । उक्त पूँजीको ३० प्रतिशत शेयर सर्वसाधरणलाई बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४ करोड ८० लाख पुग्नेछ । आइपिओपछि कम्पनीमा संस्थापको ७० प्रतिशत तथा साधारण शेयरधनीको ३० प्रतिशत स्वामित्व कायम हुनेछ ।

दश जिल्ला कार्यक्षेत्र रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले २०७३ असोजदेखि सञ्चालनमा आएको हो । वित्तीय संस्थाले सल्यान, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, वाग्लुङपर्वत, कास्की, तनहुँ तथा लम्जुङ्ग गरी १० जिल्लाका २६ शाखाबाट करिब ८ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।