बैंकले २०६५ साउन २२ गते विभिन्न व्यक्ति तथा संगठित संघसंस्थाहरुलाई प्रति ऋणपत्र एक हजार अंकित ३ लाख कित्ताको लागि जम्मा ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।
यसको समयअवधि २०७५ साउन २१ गते सम्म कायम रहि आज २२ गते समाप्त भएको नबिल बैंकले जनाएको छ ।
बैंकले ८.५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गरेको थियो। बैंकले हरेक वर्ष ऋणपत्रका धनीलाई ब्याज भुक्तानी गर्दै आएको छ ।
बैंकले ऋणपत्र धनीहरुलाई सक्कल प्रमाणपत्र सहित बैंकको दरबारमार्ग कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कागजपत्र पेश गरीसकेपछि ऋणपत्र धनीहरुले व्याज सहितको नगद आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।