एलआइसी नेपालमा ६५ जनालाई रोजगारीको अवसर

Aug 08, 2018 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन  नेपाल(LICN)ले कर्मचारीको माग गरेको छ । कम्पनीले १५ ब्रान्च म्यानेजर र ५० सहयक पदका लागि ६५ जना कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजरको लागि स्नातक उपाधि हासिल गरी जीवन बीमा कम्पनीमा ५ वर्षको अनुभब भएको इच्छुक व्यक्तिले आबेदन दिन सक्नेछन् ।

यस्तै सहयक पदको लागि स्नातक उापधि सहित बैंक तथा बीमा क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनुपर्दछ । स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । यद्यपी फ्रेसरले पनि आबेदन दिन सकिने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले यहि साउन ३१ गते भित्र आवश्यक कागजपत्र सहित कम्पनीको मानव संसाधन विभाग वा hr@licnepal.com.np इमेल मार्फत पनि आबेदन दिन सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।