सेञ्चुरी बैंकको गण्डकी प्रदेश कार्यालय सहित आठ नयाँ शाखा कार्यालय सञ्चालनमा

Aug 08, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच थप जनता माझ पु¥याउने उद्देश्य सहित गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको हो ।

विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

उक्त गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन् ।

साथै ८ वटा शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएकोे छ । नयाँ शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप संकलन एकसठ्ठी अर्ब बत्तिस करोड तथा कुल कर्जा लगानी पचपन्न अर्ब पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।