तत्काल कर्जाको व्याज नघट्ने संकेतले झन खस्कियो शेयर बजार

Aug 09, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन बैंकहरुलाई निर्देशन दिए पनि बैंकर्स संघले तत्काल कर्जाको व्याज घटाउन नसक्ने बताएपछि त्यसको प्रभाव बिहीबारको शेयर बजारमा देखिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकरहरुले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएका थिए ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर तत्काल घटाउने अवस्थामा बैंकहरु नरहेको बताएका थिए । ब्याजदर घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तथा बैंकको आन्तरिक खर्चपनि बढेको उनको भनाई थियो । अध्यक्ष ढुंगानाले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने जानकारी गराएका थिए ।

तत्काल ब्याजदर नघट्ने संकेत आएसँगै निरन्तर ओरालो लागेको शेयर बजारमा थप गिरावट आएको हो । बिहीबार नेप्से ६.६९ अंकले घटेर ११८०.६३ अंकमा झरेको छ । १६३ कम्पनीको कारोबार भएको बजारमा करिब २० करोड बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १९ लाख बराबरको शेयर किनबेच हुँदा अन्य कुनै कम्पनीको कारोबार रकम करोड नाघेन । यसदिन कारोबार आएका उत्पादन समूह बाहेक सबै समूहको सूचक नकारात्मक रह्यो । उत्पादन समूहको सूचक २.११ अंकले बढेको छ ।

मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै नौ प्रतिशत बढीले गुमाएको बजारमा सपोर्ट माइक्रो तथा खानिखोला हाइड्रो लगायतको शेयर मूल्य उच्च घट्यो ।

सबैभन्दा धेरै कमाउने आरम्भ माइक्रोफाइनान्स, साल्ट टेड्रिङ, एनएमबि हाईब्रिड फण्ड तथा राष्ट्रिय बीमा संस्थानको संस्थापक शेयरको मूल्य तीन प्रतिशत बढीले उकालो लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।