नेपालबाट बंगलादेशले पाँचसय मेगावाट विद्युत्त किन्ने, विद्युत खरिद सम्झौतामा हस्ताक्षर

Aug 10, 2018 Merolagani

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नेमा बंगलादेश पनि थपिएको छ । नेपालको जलविद्युतमा अहिलेसम्म्म भारत र चीनको लगानी धेरै रहेकोमा अब बंगलादेश पनि इच्छुक भएको हो । बंगलादेशसँग शुक्रबार नै उर्जा क्षेत्रमा लगानी गर्ने समझदारी भएको छ ।

उर्जा क्षेत्रमा लगानीका लागि शुक्रबार नेपाल र बंगलादेशबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर समेत भएको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् ।

बंगलादेशले नेपाली लगानीकर्तासँग साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएको हो । त्यसैगरि भारतको जिएमरआर कम्पनीले निमार्ण गर्ने माथिल्लो कर्णाली आयोजनाबाट बंगलादेशले ५०० मेगावाट बिजुली खरिद गर्ने पनि सहमति भएको छ । यसका लागि प्रसारण लाइन जोड्ने विषयमा बिमेस्टेक सम्मेलनमा छलफल गर्ने समझदारी भएको छ ।

नेपालले यसअघि साउन पहिलो साता अष्ट्रेलियासँग नेपालको उर्जा क्षेत्रको विकासका लागि जलविद्युत परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने सम्झौता गरेको थियो ।

स्थिर सरकार निमार्ण भएपछि नेपालको विद्युत उत्पादन लगानी गर्न पछिल्लो समय एकपछि अर्को देश इच्छुक देखिन थालेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।