जेविल्स फाइनान्सको हकप्रद भर्ने सोमबार अन्तिम दिन

Aug 13, 2018 Merolagani

जेविल्स फाइनान्स (JEFL) को ४० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ । फाइनान्स कम्पनीले यसअघि साउन १३ गतेसम्म आवश्यक आवेदन नपरेपछि हकप्रद भर्ने समय १५ दिन थप गरेको थियो । कम्पनीले गत असार १० गतेदेखि १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता हकप्रद खुला गरेको थियो ।

हकप्रदमा जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, जेविल्स फाइनान्स न्यूरोड, सनराइज बैंकको शाखाहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ र ७५ जिल्लाबाटै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

त्यसैगरी, मेरो सेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

हाल ५७ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि चुक्ता पूँजी ८० करोड नाघ्नेछ । फाइनान्सको सेयरमूल्य सोमबार प्रतिकित्ता एक सय रुपैयाँ नै रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।