जनसेवी लघुवित्तले चार करोड २० लाखको आईपिओ जारी गर्ने

Aug 13, 2018 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्थाले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । जसका लागि लघुवित्तले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धि सम्झौतामा जनसेवी लघुवित्तका प्रमुख कार्यकारी कमल बहादुर खत्री र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड २० लाख रुपैयाँ बराबरको चार लाख २० हजार कित्ता आईपिओ जारी गर्नेछ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।

२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. ३० करोड र जारी पूँजी रु. १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ ।

हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म २१ वटा शाखा कार्यालय मार्फत रु. १ अर्व १५ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ भने ४२ करोड कर्जा लगानीमा रहेको छ र सदस्यहरुबाट १२ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।

त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ११,८०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ ।

लघुवित्तले गत आर्थिक बर्षमा ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक बर्षमा संस्थाले थप ६ जिल्लामा गरी कुल शाखा संञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।