सूर्या लाइफको लिलामी शेयरको बोलपत्र खोलिँदै, कति आउला कट अफ ?

Aug 14, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) ले लिलामीमा राखेको कुल ७४ हजार ३८४ कित्ता शेयरको शिलबन्दी बोलपत्र मंगलबार खोलिँदैछ । कम्पनीले हकप्रदमा नबिकेको संस्थापक समूह तर्फको ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता  शेयर लिलामीमा ल्याएको थियो ।

जसमा कुल एक हजार २० आवेदन परेको छ । साधारण शेयरको लागि १०१५ र संस्थापक शेयरका लागि ५ वटा आवेदन परेको एनआईसी क्यापिटलले जनाएको छ ।

मंगलबार सूर्या लाइफको लिलामी शेयरको बिक्री प्रबन्धक एनआइसी क्यापिटलको कार्यालयमा बोलपत्र खोलिएको छ । पहिलो चरणमा साधारणतर्फको बोलपत्र खुला गरिएको हो ।

अहिले दोस्रो बजारमा प्रतिकित्ता ५३५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको शेयरको न्यूनतम लिलामी मूल्य एक सय रुपैयाँ तोकिएको थियो ।

प्रारम्भिक नतिजा अनुसार साधारणतर्फको एक सय बोलपत्र खुला गर्दा अधिकतम ५५२ रुपैयाँसम्मको आवेदन परेको छ । लगानीकर्ताले प्रति कित्ता सय रुपैयाँका दरले पनि कम्पनीको लिलामीको शेयरमा आवेदन गरेको पाईएको छ ।

धेरैजसो आवेदन बजार मूल्यभन्दा कममा परेको छ । यसले लिलामी आवेदनमा पछिल्लो समय आवेदक सजक भएको देखिन्छ । पहिला पहिला उच्च मूल्यमा लिलामीमा सेयर सकार्ने प्रवृत्ति देखिएपनि अहिले भने बजार मूल्यभन्दा कममा आवेदन धेरै पर्न थालेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।