'एनसेलसँग ६१ अर्ब रुपैयाँ कर जसरी भएपनि असुली गर्छाैं’: अर्थमन्त्री

Aug 14, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी मोबाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने बताएका छन् । प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै खतिवडाले जसरी भएपनि कर असुल गर्ने बताए ।

खतिवडाले एनसेलले तिर्नुपर्ने कर बारे विवाद हुँदै गर्दा उसले विदेश लैजाने लाभांश नरोक्न सर्वोच्च अदालतबाट आदेश आएकाले अघिल्लो सरकारले त्यसलाई खोलिदिएको पनि बताए ।

अर्थमन्त्री खतिवडाले आयकर ऐन र मूल्य अभिवृद्धि कर ऐनको कार्यान्वयनपछि स्वयं घोषणामा आधारित कर प्रणाली कार्यान्वयनमा रहेकाले कर फछ्यौट आयोग बनाउनुपर्ने आवश्यकता नै नरहेको पनि बताए ।

आर्थिक रुपमा अनुसाशन हिनताको प्रश्न नउठ्ने गरि काम गर्ने प्रयास अर्थमन्त्रालयले गरिरहेको उनले बताए । खतिवडाले आयातलाई क्रमश: न्यूनिकरण गर्दे जाने सरकारको लक्ष्य अनुसार काम भईरहेको पनि जानकारी दिए ।

बैठकमा कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा कर आतङ्क बढेको भन्दै यसलाई बन्द गर्न सरकारको ध्यानकर्षण गराए ।

कार्कीले जनताको विकास निर्माण र वास्तविक रुपमा जनतालाई विकासको महशुस गर्ने गरि काम गर्नुपर्ने बताए । त्यस्तै सांसद महेश बस्नेतले अर्थ परिचालनको समन्वयको अभावमा विकास निर्माणमा भईरहेको ढिलाईका बारेमा अर्थमन्त्रालयको ध्यानाकर्षण गराए ।

त्यस्तै नेकपाका सांसद घनश्याम भुसालले स्थानीय तहमा भएको करको आतङ्क बारे सरकारले धारणा स्पष्ट पार्नुपर्ने बताए । यस्तै अर्का सांसद रामबाबु यादवले जन्मदर्ता र मृत्यु दर्ताको १–१ हजार रुपैयाँ शुल्क लिएको भन्दै आपत्ति जनाए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।