सिटिजन्स बैंकको नयाँ शाखा काठमाण्डौंको टोखामा

Aug 14, 2018 Merolagani

सिटिजन्स बैंकले काठमाडौँको टोखामा ७९ औं शाखा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी शाखा कार्यालयको सुरुवात गरेका छन् । शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्दै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने बैंकले जनाएको छ । 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो प्रदान गर्ने प्रतिबद्धता टोखा शाखाका प्रवन्धक योगेश महर्जनले जनाएका छन् । 

बैंकले ७९ शाखा, ७१ एटीएम र ९९ शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।