गण्डकी विकास बैंकले ल्यायो सुरक्षित आवास कर्जा योजना

Aug 14, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) ले गण्डकी सुरक्षित आवास कर्जा योजना संचालनमा ल्याएको छ । जसमा ग्राहकले घर/जग्गा खरिद गर्न र घर निमार्ण गर्नको लागि पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन।

सुरक्षित आवास कर्जा योजनाको कर्जा अवधि अधिकतम २० वर्ष सम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने, ब्याज मात्र तिरे पुग्ने रहेको र कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशत सम्म मात्र थप गरी निर्धारण गरिने बैंकले जनाएको छ । 

जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ । बिमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस प्रकारको योजनाले ग्राहकलाई भवितव्य वाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । यो सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिने थापाले जानकारी दिए ।

हाल बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा ल्याउने योजना बैंकको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।