ग्लोबल आईएमई लघुवित्तले प्रस्ताव गर्यो बोनसका साथै नगद लाभांश

Aug 16, 2018 Merolagani

ग्लोबल आईएमई लघुवित्त (GILB) ले गत बर्षको मुनाफाबााट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको साउन ३० गते बसेको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको ९ करोड ६० लाख ५० हजार चुक्ता पूँजी छ । उसले एक करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

साथै बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिने पनि कम्पनीले जनाएको छ । लघुवित्तले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट स्वीकृती भएर लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलार्इ वितरण हुनेछ ।

 

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार पुग्नेछ । अघिल्लो बर्ष कम्पनीले ५० प्रतिशत हकप्रद बिक्री गरेर २० प्रतिशत बोनस बाँडेको थियो ।

गत असार मसान्तसम्ममा एक करोड ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको कम्पनीको इपिएस १६ रुपैयाँ ५३ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।