सिटी एक्सप्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रदको बिक्री खुल्यो

Aug 17, 2018 Merolagani

सिटी एक्सप्रेस फाइनान्स(CEFL) को १६७ प्रतिशत हकप्रद सेयरको बिक्री ले भदौ १ गतेदेखि खुलेको छ । फाइनान्सले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा २५ लाख कित्ता हकप्रद निष्काशन गरेको हो।

फाइनान्सको हकप्रदमा साउन २० गते आइतबारसम्म कायम रहने सेयरधनीले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।

हकप्रदमा आश्वा प्रणालीमा आवद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन गर्न सकिने व्यवस्था छ । त्यसैगरि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल, सिटी एक्सप्रेस फाइनान्सबाट समेत हकप्दमा आवेदन गर्न सकिनेछ ।

हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।