एशियन लाइफको हकप्रद एनआईबिएल एस क्यापिटलले बिक्री गर्ने

Aug 17, 2018 Merolagani

एशियन लाईफ इन्स्योरेन्स (ALICL) को ६० प्रतिशत हकप्रद सेयर निष्काशनको जिम्मेवारी एनआईबिएल एस क्यापिटलले पाएको छ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न दुई संस्थाका बिचमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

एशियन लाइफको १० औं वार्षिक साधारण सभाले १० बराबर ६ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको थियो । जस अनुसार अंकित मूल्य एक सय रुपैंयाको दरमा ७५ करोड ४० लाख रुपैंया बराबरको ७५ लाख ४० हजार कित्ता हकप्रद निष्काशन हुन लागेको हो ।

एक अर्ब २५ करोड रुपैंया चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद बिक्री पश्चात चुक्ता पूँजी २ अर्व १ करोड रुपैंया पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।