नेशनल लाईफको हकप्रदमा आवेदन दिने समय १५ दिन थपियो

Aug 19, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले साउन १ गते मंगलबार देखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ । यसअघि भदौ ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोमा त्यसलाई बढाएर भदौ १९ गतेसम्म पुर्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हुन आउने ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।