भारतबाट १८ अर्ब ३७ करोडको विद्युत आयात

Aug 19, 2018 Merolagani

गतबर्ष नेपाल विद्युत प्राधिकरणले भारतबाट १८ अर्ब ३७ करोड रुपैयाँमा विद्युत आयत गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा १८.७ प्रतिशतले धेरै हो । अघिल्लो बर्ष प्राधिकरणले १६ अर्ब रुपैयाँ बराबरको विद्युत आयत गरेको थियो ।

प्राधिकरणले गत बर्ष भारतबाट प्रति युनिट ७ रुपैया ४७ पैसाको दरमा दुई अर्ब ५८ करोड युनिट बिजुली आयात गरेको छ । अघिल्लो बर्ष प्राधिकरणले दुई अब १७ करोड युनिट विद्युत आयात गरेको थियो ।

नेपालमा हिउदमा बिद्युत उत्पादन कम हुने र बढी खपत हुने भएकाले लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट विद्युत आयात गर्दे आएको छ ।

कुलेखानी र त्रिशुलि थ्री एले उत्पादन सुरु गरे पछि भारतबाट विद्युत आयातमा कमी आउने उर्जा मन्त्रालयको भनाई छ । उर्जा मन्त्री बर्षमान पुनले कुलेखानी तेश्रो अगष्ट महिनामा संचालनमा आउने र त्रिशुलि थ्री ए यसै बर्ष संचालनमा आएपछि विद्युत आयत घट्ने बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।