तोकिएको पूँजी पुर्याएका बैंकहरुको मर्जरले अन्य बैंकहरुलाई समेत दबाव

Aug 20, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेका बैंकहरुले थप मर्जरले बाटो समात्दा कम पूँजीका साना बैंकहरुलाई पूँजी वृद्धिको दबाव पर्ने देखिएको छ । मर्जर र एक्विजिशनकै बाटो बाट आठ अर्ब पूँजी पुर्याएको प्राइम बैंकले मर्जरबाटै बलियो बनेको ओम डेभलपमेन्टलाई प्राप्ति गरेपछि अन्य बैंकहरुलाई समेत पूँजी बढाउन अप्रत्यक्ष दबाव परेको छ ।

आइतबार प्राइम कमिर्शयल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने सम्झौता गरेको छ । समझदारी अनुसार अब ओम डेभलपमेन्ट बैंकको अस्तित्व प्राईम बैंकमा विलिन हुनेछ ।

उक्त सम्झौतामा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले हस्ताक्षर गरेका छन् ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ । दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।

वित्त बजारको चुनौती र राष्ट्र बैंकको अस्थिर नीतिको सामना गर्न बलिया बैंकहरु मर्ज हुने अवस्था पुगेको हुन् । दुबै बैंकले संयुक्त रुपमा गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र तीन महिना भित्र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् ।

सिटी डेभलपमेन्ट बैंक र ओम फाईनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकले मनास्लु डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको थियो । त्यस्तै प्राइम बैंकले विराटनगरको विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई आफुमा मिसाएको थियो ।

राम्रा मानिएका वाणिज्य बैंक र विकास बैंकको यो मर्जरले कम पूँजीका अन्य साना बैंकहरुलाई मर्जरमा जान दबाव परेको छ भने ठूला बैंकहरुलाई समेत प्रतिस्पर्धामा उत्रन पनि पुँजी आधार बलियो बनाउनुपर्ने देखिन्छ ।

दुई बैंकले आइतबार गरेका सम्झौता यस्तो छ :-


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।