सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिनेछ ।
बैंकको मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको वासलातको आकार १८२ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५४ अर्ब रुपैयाँ तथा कर्जा १२७ अर्ब रुपैयाँ रहेको छ ।
हाल बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।