सरकारको ऋण ८ खर्ब ९४ अर्ब, प्रत्येक नेपालीको टाउकोमा ३० हजार

Aug 23, 2018 Merolagani

नेपाल सरकारको ऋण ८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा सरकारको वाह्य ऋण पाँच खर्ब तीन अर्ब ६३ करोड छ भने आन्तरिक ऋण तीन खर्ब ९० अर्ब ९० करोड रहेको छ । जसको आधारमा प्रतिव्यक्ति नेपालीको थाम्लोमा  ३० हजार ऋणको भार रहेको छ ।

तथ्याकं विभागको पछिल्लो तथ्यांक अनुसार ०७५ भदौ ७ गतेसम्म नेपालको जनसंख्या २ करोड ९६ लाख ७० हजार ६७१ रहेको छ । जसको आधारमा प्रति व्यक्ति नेपालीको टाउकोमा ३० हजार १४८ रुपैयाँ सरकारी ऋणको भार परेको छ ।

गत आर्थिक बर्षमा सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादन २९.७ प्रतिशत रहेको छ अघिल्लो बर्ष २६.४ प्रतिशत थियो । वाह्य ऋणमा कुल गार्हस्थ्य उत्पादन १६.७ प्रतिशत र आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन १३ प्रतिशत रहेको छ ।

 

महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सरकारले ९३ अर्ब ४० करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरेकोे छ । उक्त ऋणको कुल ग्राहस्र्थसँगको अनुपात ३.१ प्रतिशत हुन आउँछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।