यस्तो छ वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात, कुन बैंकमा पाईन्छ सस्तो ऋण ?

Aug 24, 2018 Merolagani

गत आर्थिक बर्षको अन्त्यसम्ममा २८ वाणिज्य बैंकहरुले कुल २४ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर २१ खर्ब १६ अर्ब कर्जा परिचालन गरेका छन् । जसमध्ये सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक निक्षेप तथा कर्जा परिचालनमा सबैभन्दा अब्बल देखिदा सिभिल बैंक सबैभन्दा कमजोर देखिएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक अब्बल

गतबर्ष एन.आई.डिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्षमा सबैभन्दा धेरै एक खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब २४ अर्ब कर्जा परिचालन गरेर अन्य सबै वाणिज्य बैंकलाई पछि पारेको छ ।

बैंकको वित्तीय विवरण अनुसार कर्जा निक्षेप अनुपात ६६.८४ प्रतिशत छ । यसको अर्थ बैंकसँग कर्जा परिचालन गर्नका लागि प्रशस्त रकम रहेको देखिन्छ । जसको आधार ब्याजदर पनि सबैभन्दा कम ६.२ प्रतिशत छ । २८ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न सक्ने अवस्था छ । तर बैंकको निष्कृय कर्जा ३.७७ प्रतिशत छ । बैंकले खराब कर्जा असुलीमा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

आठ वाणिज्य बैंकको खर्ब बढी निक्षेप

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पश्चात धेरै निक्षेप तथा कर्जा परिचालन गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसले एक खर्ब ५१ अर्ब निक्षेप उठाएर एक खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसपछि क्रमश नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, एभरेष्ट बैंक लगायतका बैंकको निक्षेप तथा कर्जा उच्च रहेको छ । यसअवधिमा आठ वाणिज्य बैंकले एक खर्ब भन्दा बढी निक्षेप संकलन गरेको विवरण प्रस्तुत गरेका छन् ।

यता सिभिल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा सबैभन्दा कमजोर देखिएको छ । सिभिलले ४० अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले ४७ अर्ब ९८ करोड निक्षेप संकलन गरेर ४३ अर्ब ४८ करोड कर्जा प्रवाह गरको छ । यी दुई बैंकको निक्षेप ५० अर्ब भन्दा कम देखिएको छ ।

सानिमा बैंकको निष्कृय कर्जा सबैभन्दा कम, एनसीसीबीको धेरै

२८ वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको रहेको छ । सानिमा बैंकको खराब कर्जा ०.०३ प्रतिशत मात्र छ । जसले ७९ अर्ब २० करोड निक्षेप संकलन गरेर ७० अर्ब ३ करोड कर्जा परिचालन गरेको छ । त्यसपछि सेञ्चुरी बैंकको कम खराब कर्जा देखिन्छ । सेन्चुरीको ०.४ प्रतिशत खराब कर्जा छ । स्ट्याण्र्डड चार्टर्ड, एनआईसी एशिया, एभरेष्ट बैंक, ग्लोबल आइएमई, एनएमबि, एसबिआई र प्राइम बैंकको खराब कर्जा पनि एक प्रतिशत भन्दा कम छ ।

सबैभन्दा धेरै खराब कर्जा एनसीसी बैंकको छ । उसको खराब कर्जा ३.८९ प्रतिशत रहेको छ । बैंकले ६३ अर्ब ५२ करोड निक्षेप संकलन गरेर ५५ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ ।
कर्जा निक्षेप अनुपात कसको कति ?

अधिकांश बैकहरुको कर्जा निक्षेप अनुपात औषतमा ७५ प्रतिशत देखिन्छ । यसको अर्थ सबै बैंक थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिन्छन् । २८ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरैक कर्जा निक्षेप अनुपात सिटिजन्स बैंकको रहको छ । उसको यस्तो अनुपात ७७.८७ प्रतिशत छ । थप कर्जा प्रवाह गर्ने सबैभन्दा सहज अवस्थामा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । उसको यस्तो अनुपात ६६.८४ प्रतिशत छ । यसपछि प्रभु बैंकको कर्जा निक्षेप अनुपात ६९ प्रतिशत रहेको छ ।

कुन बैंकमा पाईन्छ सबैभन्दा सस्तो ऋण ?

वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको देखिन्छ । उसको आधार ब्याजदर ६.२ प्रतिशत मात्र छ । साथै बैंकको कर्जा निक्षेप अनुपात पनि सबैभन्दा कम छ । यस्तो अवस्था राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकहरुको तुलनामा कम ब्याजदरमा कर्जा प्रवाह गर्न सक्छ ।

राष्ट्रिय वाणिज्य बैंक पछि सस्तो दरमा कर्जा प्रवाह गर्न सक्ने अवस्थामा नेपाल बैंक, स्ट्याण्र्डड चार्टर्ड र नबिल बैंक देखिन्छन् । नेपाल बैंकको आधार ब्याजदर ७.०३ प्रतिशत छ भने चार्टर्ड र नबिलको आठ प्रतिशत भन्दा कम छ ।

सबैभन्दा धेरै आधार ब्याजदर भएको सेन्चुरीको १२.०८ प्रतिशत छ । सेञ्चुरीमा तुलनात्मक रुपमा अन्य बैंकमा भन्दा सस्तो ब्याजदरमा कर्जा पाउने सम्भावना न्युन देखिन्छ । धेरैजसो बैंकहरुको आधार ब्याजदर एघार प्रतिशत भन्दा बढी रहेको छ । १४ वाणिज्य बैंकको आधार ब्याजदर नै ११ प्रतिशत भन्दा माथि छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।