स्थानीयलाई जारी गरिएको माउन्टेन हाइड्रोको करिब आधा आईपिओ बिकेन

Aug 27, 2018 Merolagani

माउन्टेन हाइड्रोले स्थानीयका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) आधा मात्र बिक्री भएको छ । कम्पनीले जारी गरेको कूल १२ लाख ५० हजार कित्तामध्ये ५४.७१ प्रतिशत अर्थात ६ लाख ८३ हजार ७९० कित्ता सेयर मात्र बिक्री भएको हो ।

माउन्टेन हाइड्रो पावरको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कूल निष्काशन भएको १२ लाख ५० हजार कित्ता सेयरमध्ये रितिपूर्वक आवेदन दिने आवेदकहरुलाई ६ लाख ८३ हजार ७९० कित्ता शेयर भदौ १० गते आइतबार बाँँडफाँड गरिएको जनाएको छ । 

कम्पनीले जारी गरेको सेयरमध्ये पाँच लाख ६६ हजार ११० कित्ता सेयरका लागि स्थानीयबाट कुनै आवेदन नपरेको क्यापिटलले जनाएको छ ।

यससँगै अब आयोजना प्रभावितको अवितरित सेयर दोस्रो चरणमा जारी हुने सर्वसाधारणका लागि निष्काशन हुने सेयरमा थपिनेछ । यसअघि १२ लाख ५० हजार कित्ता नै सर्वसाधारण निष्काशन गर्ने तय भएकोमा अब १८ लाख १६ हजार ११० कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीले पहिलो चरणमा एक सय रुपैयाँ अंकित दरमा १२ करोड ५० लाख रुपैयाँ बराबरको कूल १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । यसमध्ये पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको लागि ७ लाख ५० हजार र पाँचथरको अन्य क्षेत्रका बासिन्दाका लागि पाँच लाख कित्ता सेयर जारी गरेको थियो ।

एक अर्ब २५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीमा १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत सर्वसाधारण तथा ८० प्रतिशत संस्थापक सेयर स्वामित्व सेयर रहनेगरि संरचना तयार गरिएको छ ।

संस्थापक तर्फको एक अर्ब पूँजी चुक्ता भैसकेको छ भने स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारीपछि एक अर्ब २५ करोड चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।