महालक्ष्मी विकास बैंकले प्रस्ताव गर्यो बोनस र नगद लाभांश

Aug 28, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले गतबर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम भन्दा धेरै चुक्ता पूँजी कायम गरेको बैंकले बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगदगरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको लाभांस प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

यति र महालक्ष्मी विकास मर्ज भएर बनेको बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । आठ प्रतिशत बोनस पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक बर्ष ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।