घट्दो सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड स्थिर

Aug 28, 2018 Merolagani

सेयर बजारमा दैनिक उतार चढावसँगै आएको गिरावटका बिच सिटिजन्स म्युचुअल फण्ड १ को अवस्था स्थिर देखिएको छ । असार मसान्तमा १० रुपैंया २२ पैसा रहेको प्रतिइकाई खुद मूल्य साउन मसान्तमा १० रुपैंया २३ पैसा कायम गरी फण्डले स्थिरता देखाएको हो ।

साउन महिनामा फण्डको खुद सम्पत्ति १५ लाख २ हजार रुपैंयाले बढेर ८३ करोड ९२ लाख २२ हजार ७८४ रुपैयाँ पुगेको छ । असार मसान्तमा फण्डको खुद सम्पत्ति ८३ करोड ७७ लाख २० हजार ४२६ रुपैयाँ थियो ।
समीक्षा अवधिमा फण्डको बैंक मौज्दातको आकार ६ करोड रुपैंयाले घटेको छ । अर्थात फण्डले सेयर बजारमा लगानी बढाएको देखिन्छ । २५ करोड ५ लाख २८ हजार २९९ रुपैयाँ लगानी गरेको फण्डले सूचीकृत सेयरमा मात्र १६ करोड ८६ लाख ९६ हजार रुपैयाँ तथा सूचीकृत नभएको सेयरमा १८ लाख ३२ हजार रुपैंया लगानी गरेको छ । फण्डले स्थिर आय उपकरणमा ८ करोड रुपैयाँ लगानी गरेको छ ।

असार मसान्तमा फण्डले ६६ करोड १३ लाख ८७ हजार रुपैंया बैंक मौज्दात गरेकोमा साउन मसान्तमा त्यो रकम ६० करोड १० लाख ५७ हजार रुपैंयामा झारेको छ ।

यस क्रममा फण्डले कृषि विकास बैंक, कुमारी बैंक लगायतका ११ वाणिज्य बैंकहरुमा लगानी गरेको छ । त्यसै गरी देव विकास बैंक र ज्योती विकास बैंकका साथै सेन्ट्रल फाइनान्समा लगानी गरेको फण्डले ६ वटा लघुवित्त कम्पनीको सेयरमा लगानी गरेको छ । २ वटा जीवन बीमा कम्पनीमा लगानी गरेको फण्डले ३ वटा निर्जीवन बीमा कम्पनी र २ जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

९ वटा म्युचुअल फण्डका इकाईमा लगानी गरेको फण्डले २ वटा अन्य कम्पनी र २ वटा सूचीकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको देखिन्छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिना भएका कारण फण्डको आम्दानी २९ लाख ९५ हजार ८४६ रुपैयाँ छ । यस क्रममा उसको खर्च १४ लाख ९३ हजार ४८७ रुपैयाँ छ । यस आधारमा उसको कुल आम्दानी १५ लाख दुई हजार ३५९ रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा फण्डले एक करोड ७७ लाख २० हजार ४२६ रुपैयाँ कुल मुनाफा आर्जन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।