ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 29, 2018 Merolagani

ङादी ग्रुप पावर (#NGPL@) को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । कम्पनीले बिहीबार भदौ १४ गते बुक क्लोज गर्ने भएकोले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् । कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न असोज ४ गते अमृतभोग कालिकास्थानमा साधारण सभामा डाकेको छ ।

आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट दश प्रतिशत नगद लाभांश प्रस्ताव गरेर साधारण सभा आह्वान गरेको कम्पनीले ३० प्रतिशत हकप्रद बिक्री गर्ने योजना समेत अघि सारेको छ ।

साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट ४ र सर्बसाधारणका तर्फबाट दुई संचालक समेत चयन गर्नेछ ।
अघिल्लो बर्ष १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यसपाली भने नगद लाभांश मात्रै प्रस्ताव गरेर लगानीकर्तालाई निराश पारेको छ ।

अर्कातर्फ ३० प्रतिशत हकप्रदको भार बोकाउने योजना समेत अघि सारेको छ । कम्पनीले दश प्रतिशत नगद लाभांश वितरण गरेपछि हकप्रद बिक्री गर्ने भएको हो ।

५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले गत बर्ष ५ करोड ८६ लाख खुद नाफा कमाएर प्रति शेयर आम्दानी १० रूपैयाँ ९५ पैसा कायम गरेको थियो । उसको शेयर मूल्य दोस्रो बजारमा १६७ रूपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।