प्रभु इन्स्योरेन्सको लिलामी सेयरमा अावेदन खुल्यो, कहाँ कहाँवाट आबेदन दिन सकिन्छ ?

Sep 02, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) को हकप्रदमा अवितरित भएकाे संस्थापक  र साधारण समूहकाे एक लाख ३७ हजार १६ कित्ता शेयर भदाै १७ गते अाइतबार (अाज) देखि खुल्ला भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामी ल्याएको हो । 

प्रभु इन्स्योरेन्सको लिलामी शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले  १५ हजार ८६१ कित्ता संस्थापक समूहको र एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु  आदर्शनगर विरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोडपोखरा, वीरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, र गोदावरीरोड धनगढीबाट मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा लगानीकर्ताले दश कित्ताले भाग जाने गरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आवेदन दिनलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ ।

गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ र प्रतिशेयर नेनटवर्थ २१४ रुपैयाँ छ । कम्पनीकाे सेयर बिहीबार प्रतिकित्ता ४७४ रूपैयाँमा काराेबार भएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।