कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरी स्वीकृत गर्ने तयारी गरेको छ ।
यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण स्वीकृत गर्ने योजना छ ।
आर्थिक वर्ष २०७५/७६ को लागि बाह्य लेखा परिक्षकको नियुक्ती गर्ने र परिश्रमिक निर्धारण समेत साधारण सभाले गर्दैछ ।
कम्पनीले साधारण सभाको लागि भदौ २७ गते देखि अशोज ९ गते सम्म संस्थाको शेयर नामसारी दाखिल खारेज बन्द हुने जनाएको छ ।