मिर्मिरे लघुवित्तको शेयर भदौं २६ गते देखि लिलामीमा आउने

Sep 04, 2018 Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को शेयर लिलामीमा बिक्री हुने भएको छ । गत असार २७ गते देखि साउन २९ गते सम्म खुल्ला भएको हकप्रदमा नबिकेको ९ हजार ७५३ कित्ता सर्वसाधारण शेयर भदौं २६ गते देखि लिलामीमा आउने भएको हो ।

लिलामी शेयरमा न्युनतम मुल्य प्रतिशेयर १०० रुपैयाँ देखी न्युनतम १०० कित्ताको लागि बोलपत्र आबेदन गर्न सकिने विक्रि प्रबन्धक एनआईविएल एस क्यपिटलले जनाएको छ । कम्पनीको लिलामी शेयरमा असोज ४ गते सम्म आबेदन दिन सकिनेछ ।

कम्पनीको लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलको प्रधान कार्यालय सहित शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयहरुवाट आबेदन गर्न सकिने छ । यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बनेपा, काभ्रेपलान्चोक शाखावाट पनि बोलपत्र आबेदन गर्न सकिन्छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भदौ २६ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ७५३ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद असोज ४ गतेसम्म तोकिएको छ ।

हाल मिर्मिरेको चुक्ता पूँजी ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ छ । भखैरै मात्रै कम्पनीले २४ प्रतिशत बोनस सेयर र कर तिर्न १.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हकप्रद र लिलामी बिक्री गरी मिर्मिरेको चुक्ता पूँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुर्याउनेछ ।

गत असार मसान्तसम्ममा मिर्मिरेले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।