कन्काई विकास बैंकले चार करोड ७५ लाखको लाभांश बाँड्ने

Sep 06, 2018 Merolagani

कन्काई विकास बैंक (KNBL) ले गत आर्थिक बर्षको नाफाबाट चार करोड ७५ लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । बैंकले एक करोड ५० लाखको बोनस तथा तीन करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृती पश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । 

राष्ट्र बैंकले तोकेको ५० करोड चुक्ता पूँजीको कायम गरिकेको बैंकको ३ प्रतिशत बोनस सेयर वितरण पश्चात ५१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । बैंकले चुक्ता पूँजीको ६.५ प्रतिशत अर्थात ३ करोड २५ लाख रुपैयाँ नगद लाभाशं वितरण गर्नेछ ।  

 

गत आर्थिक बर्षमा बैंकले ४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।