एनआईसी एशिया बैंकले एकै साथ ल्यायो दुई नयाँ चमत्कारी कर्जा योजना

Sep 11, 2018 Merolagani

एनआईसी एशिया बैंक(NICA) ले एकैसाथ दुई नयाँ कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ नयाँ कर्जा योजनाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

चमत्कारिक सवारी कर्जा

“एन आई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकहरुले लाभ उढाउन सक्नेछन् ।

यस्तो कर्जा तुरुन्तै कर्जा स्वीकृति हुने बैंकले जनाएको छ । अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि रहेको यो योजनामा सवारीको मुल्य अनुसार न्यूनतम मासिक एघार हजार रुपैयाँ बाट नै किस्ता रकम सुरु हुने बैंको भनाई छ । आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने व्यवस्था समेत गरेको छ ।

मासिक ब्याजदर ०.९% मात्र कर्जा उपलब्ध गराउनका साथै प्रशासनिक सेवा शुल्कमा विशेष छुट समेत रहेको बैंकको भनाई छ । त्यस्तै घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था रहेको बैंकले जनाएको छ ।

चमत्कारिक घर जग्गा कर्जा

“एन आई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चमत्कारिक घर जग्गा कर्जा योजना पनि सार्वजनिक गरेको छ ।

जसमा आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने व्यवस्था रहेको छ ।

कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०.९% मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने बैंकको भनाई छ ।

दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट आदरणीय ग्राहक महानुभावहरुलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैंकका सहायक प्रमुख कार्यकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको वासलातको आकार १८८ अर्ब भन्दा बढि पुगेको छ । बैंकले १५९ अर्ब निक्षेप संकलन गरेर १३२ अर्ब कर्जा लगानी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।