छिमेक लघुवित्तले प्रस्ताव गर्यो ४० प्रतिशत लाभांश

Sep 14, 2018 Merolagani

छिमेक लघुवित्त (CBBL) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको बिहीबार साँझ ६ बजे बसेको बैठकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उल्लेखित नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर समावेश गरिएको छ । अघिल्लो आर्थिक वर्षमा छिमेकले १९.८९ प्रतिशत बोनस र २५.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अहिले छिमेकको चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट प्रस्तावित लाभांश स्वीकृत भएर साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । प्रस्तावित बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा लघुवित्तले ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर ६६ रुपैयाँ ३९ पैसा प्रतिसेयर आम्दानी कायम गरेको थियो । बिहीबार छिमेकको प्रतिकित्ता सेयर ९२५ रुपैयाँमा अन्तिम पटक किनबेच भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।