एक्सेल डेभलपमेन्ट बैंकले नगद लाभांश मात्र वितरण गर्ने

Sep 16, 2018 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको २१३ औं बैठकले हाल कायम चुक्ता सेयर पूँजीको १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले अघिल्लो वर्ष ३०.१२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको २१३ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ सम्मको वितरण योग्य सञ्चित रकमबाट साे लाभांश वितरण गर्ने जनाएकाे छ । 

सञ्चालक समिति बैंठकले हाल बैंककाे कायम चुक्ता शेयर पूँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो । 

बैंकले प्रस्ताव गरेको उक्त नगद लाभांश राष्ट्र बैंकको स्वीकृती तथा आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

 

 

 

 

 

आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा एक्सेलले अघिल्लो आवको तुलनामा चार प्रतिशतले खुद नाफा बढाएर १५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । यस समयमा बैंकले प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६१ पैसा कायम गरेको थियो ।

३८ प्रतिशतले चुक्ता पूँजी बढाएको एक्सेलले गत आर्थिक बर्षमा जगेडा कोष भने १२३ प्रतिशतले बढाएको थियो । तर बैंकले बोनस वितरण नगरि नगद लाभांश मात्र बाँड्न लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।