महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्न असोज २६ गते डाक्यो साधारण सभा

Sep 21, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश वितरण गर्न असोज २६ गते शुक्रबार १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले अल इन वान क्राउन बैंङ्क्वेट मिनभवनमा बिहान ११ बजे सभा आह्वान गरेको हाे ।

बैंक सञ्चालक समितिको  भदौ ११ गते सम्पन्न बैंठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

यसअनुसार २१ करोड ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबर बोनस र १८ करोड ४३ लाख६५ हजार ८२१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले साधारण सभाको अन्य प्रस्तावहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति प्रदान गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) का लागि परामर्शदाता, मूल्याङ्कनकर्ता र लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।