मञ्जुश्री फाइनान्सको लाभांश प्रस्ताव

Sep 21, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको मञ्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक बर्षको नाफाबाट ९ नगद प्रतिशत लाभांश मात्र प्रस्ताव गरेको छ। अघिल्लाे बर्ष फाइनान्सले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

फाईनान्स कम्पनीको असोज ५ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको १५८ औं बैठकले चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल फाइनान्सकाे चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीले यहि पूँजीको ९ प्रतिशत बराबर अर्थात ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृती तथा फाइनान्स कम्पनीके आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

यस्ताे छ फाइनान्सकाे अघिल्लाे बर्षहरूमा लाभांश वितरणकाे स्थिति :-

 

गत आर्थिक बर्षमा फाइनान्स कम्पनीले ९ करोड ७० लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६ पेसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।