आर्थिक स्वतन्त्रतामा नेपाल पाँच स्थान चढ्योे, १६२ राष्ट्रमध्ये १०२ औं स्थानमा

Sep 25, 2018 Merolagani

विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरुमध्ये १०२ औं स्थानमा रहेको छ । समृद्धि फाउण्डेशनले  मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल पाँच स्थान माथि उक्लिएको हो ।

गत वर्ष यस प्रतिवेदनमा नेपाल १५९ राष्ट्रहरु मध्ये १०७ औं स्थानमा रहेको थियो । समृद्ध्रिले फाउण्डेशनले लगातार एघारौं पटकको लागि नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो ।

विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।

आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१६ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४०,३७६ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,६४९ अमेरिकी डलर थियो । यसै गरी, यी दुई समूहका राष्ट्रहरुको औसत आयु पनि लगातार ७९.५ वर्ष र ६४.४ वर्ष रहेको छ ।  

नेपाल यस वर्षको प्रतिवेदनमा ६.५३ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२  औं  स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल ५ स्थान माथि चढेको हो । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७  औं स्थानमा रहेको थियो। त्यस अघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८ औं स्थानमा रहेको थिया

गत वर्षको तुलनामा आर्थिक स्वतन्त्रताको विभिन्न परिसूचकरुमा नेपालले ल्याएको अंक :

१. सरकारको आकारः गत वर्षको अंक ८.१ बट झरेर यस वर्ष ७.९
२. न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षाः गत वर्षको अंक ४.५, यस वर्षको अंक ४.६
३. स्वस्थ मुद्रा माथिको पहुँचः गत वर्षको अंक ६.४, यस वर्षको अंक पनि ६.४
४. अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रताः गत वर्षको अंक ६.८, यस वर्षको अंक ६.६
५. कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थाः गत वर्षको अंक ६.७, यस वर्षको अंक ७.१

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।