गरिबीको दर अनुसार लघुवित्त संस्थाहरुको शाखा विस्तारमा असमानता

Sep 25, 2018 Merolagani

लघुवित्त सेवालाई गरिबी निवारणको महत्वपूर्ण औजारको रूपमा मानिन्छ । गरिबी निवारण कम गराउन लघुवित्त सेवालाई गरिबीको दर उच्च रहेका क्षेत्रमा विस्तार गर्नुपर्ने हुन्छ । तर प्रदेशहरुको गरिबीको दर अनुसार लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तारमा असमानता देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संघीय संरचनामा लघुवित्त सेवाको पहुँच तथा संरचना प्रतिवेदन अनुसार गरिबीको दर तथा लघुवित्त संस्थाहरुको शाखाकाे तथ्याङ्कमा लघुवित्त कम्पनीहरूकाे शाखा विस्तारमा असमानता पाईएको उल्लेख छ ।

नेपालका कर्णाली र ७ नम्बर प्रदेशमा अन्य प्रदेशको तुलनामा गरिबीको दर धेरै रहेको छ । ७ नम्बर प्रदेशमा ४२ प्रतिशत तथा कर्णाली प्रदेशमा ३६.५ प्रतिशत गरिबीदर रहेको छ । तर यिनै प्रदेशहरुमा लघुवित्तको उपस्थिती न्यून रहेको राष्ट्र बैंकको अध्यनले देखाएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम ६३ लघुवित्तका शाखा संचालनमा रहेका छन् भने ७ नम्बर प्रदेशमा १०९ शाखाले लघुवित्तीय सेवा प्रदान गरेका छन् । प्रतिशतका हिसाबले कर्णालीमा चार प्रतिशत र सात नम्बर प्रदेशमा आठ प्रतिशत मात्र शाखा रहेका छन् ।

त्यसैगरी १६ प्रतिशत गरिबीको दर रहेको १ नम्बर प्रदेशमा २३ प्रतिशत तथा ३३३ शाखाबाट वित्तीय सुविधा पुर्याएका छन् । २ नम्बर प्रदेशमा २४९, ३ नम्बरमा २९७, गण्डकी प्रदेशमा १७९ र ५ नम्बर प्रदेशमा २२२ लघुवित्त वित्तीय संस्थाको शाखा सञ्चालनमा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।