कालिका पावरको आर्इपिओ १ लाख १३ हजार १७७ आवेदकमा दश कित्ताले भागवण्डा

Sep 26, 2018 Merolagani

कालिका पावर कम्पनी(KPCL) ले सर्वसाधारणमा जारी गरेको आईपिओ बुधबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख १३ हजार १७७ जना आवदेकले १० कित्ताको दरले प्राप्त गरेका छन् ।

  कम्पनीले गत भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आर्इपिओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

तर कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ । 

 

१२ करोडको आईपिओका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।

१४६ जना आवेदकको आवेदन रद्ध भएको हो । १२० वटा दाेहाेराे अावेदनकाे कारण र २६ वटा अावेदन कम्पनीले माग गरेकाे कारण रद्द भएकाे हाे । प्राथामिक निष्काशनमा प्राकृतिक व्यक्त्तिले मात्र अावेदन गर्न पाउने व्यवस्था रहेकाे छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।