कैलाश विकास बैंकका सेयरधनीलाई पनि नगद कै भर, कति प्रस्ताव गर्यो लाभांश ?

Sep 26, 2018 Merolagani

कैलाश विकास बैंक (KBBL) ले पनि आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरिसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको हो ।

कैलाशको असोज ९ गते सम्पन्न सञ्चालक समितिको ४०६ औं बैठकले चुक्ता पूँजी दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँको १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यसअनुसार बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ नगद लाभांशमा बाँड्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको २५ औं बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ ।

कैलाशले अघिल्लो आर्थिक बर्षमा बैंकले १० प्रतिशत बोनस तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसअघिका बर्षहरूमा क्रमश २५ र २४ प्रतिशत बाेनस बाँडेकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।