अघिल्लो बर्षमा लघुवित्त कम्पनीले २० प्रतिशत बोनस तथा कर प्रयोजनका सहित ११.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत बर्षमा कम्पनीले ५ प्रतिशतले बोनस तथा ०.२६ प्रतिशतले नगद लाभांश वृद्धि गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँको रुपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ बराबरको १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ ।
यसैगरि स्वरोजगारले बोनसमा लाग्ने कर प्रयोजन सहित चुक्ता पूँजीको ११.८४२१ प्रतिशत बराबर अर्थात ५ करोड ५५ लाख ७८ हजार ८९९ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएर लघुवित्त कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।