शिवम् सिमेन्टको ५० लाख कित्ता आईपिओ आउने, दशैं अगाडि बोर्ड जाने

Sep 27, 2018 Merolagani

शिवम् सिमेन्ट (SCL) ले ५० लाख ७९ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि सर्वसाधारणमा जारी गर्ने तयारी गरेकाे ४४ लाख कित्तामा आयोजना प्रभावितमा अवितरित भएकाे ६ लाख ७९ हजार ७६० कित्ता थपेर निष्काशनमा गर्ने भएकाे हो ।

सर्वसाधारणमा जारी गर्नेे शेयर निष्काशनको अनुमतिका लागि कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा दशैं अगावै निवेदन दिने जनाएको छ ।  

शिवमले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीय बासिन्दाहरुलाई साउन १३ गते देखि भदौ ११ गतेसम्म जारी पूँजीको २ प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता जारी गरेकाे थियाे।  स्थानीयकाे उक्त्त शेयर कम्पनीले २०० रुपैयाँ प्रिमयिम सहित प्रतिकित्ता ३०० रुपैयाँमा निष्काशन गरेको थियो । स्थानीयले २ लाख २४० कित्ता शेयर मात्र खरिद गरेका छन् ।

स्थानीयकाे उक्त्त शेयर असोज १० गते बुधबार बाँडफाँड गरिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । रितिपूर्वक माग आवेदन गरेका स्थानीयलाई मागअनुसार नै शेयर बाँडफाँड गरिएकाे हाे । 

यसअघि कम्पनीले जारी पूँजी चार अर्ब ४० करोडको १० प्रतिशतले हुने ४४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने जनाएको थियो । स्थानीयको अवितरित ६ लाख ७९ हजार ७६० कित्ता शेयर थपिएपछि सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको अनुपात ५० लाख ७९ हजार ७६० कित्तामा बढेको हो ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने शेयरमा भने प्रिमियम मुल्यमा ३०० रुपैयाँ थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरमा निष्काशनमा आउनेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब १४ करोड नाफा कमाउने प्रक्षेपण गरेको कम्पनीले तेश्रो त्रैमाससम्मा ९३ करोड ६७ लाख खुद नाफा कमाएको थियो । चौथो त्रैमासिकको प्रतिवेदन भने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।