सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो ।
कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याउने भएको हो ।
फाइनान्सको हकप्रदमा २०७५ जेठ २९ गते सम्म कायम साविक सिनर्जी फाइनान्सका शेयरधनीहरुका लागि मात्रै खुल्ला गरिएको थियो । हकप्रद शेयरमा २ लाख ५१२ जनावाट रितपूर्वक आवेदन परेकाे ३ लाख ८० हजार ९३८ कित्ता बाँडफाँड गरिएको फाइनान्सका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
साउन २७ गते अन्तिम समय रहेकोमा प्रयाप्त आवेदन नपरेपछि फाइनान्सले १५ दिन थपेको थियो । त्यसपछि उपत्यकाबाट आवेदन गर्ने भदौ १२ गते मंगलबार र उपत्यका बाहिर भने भदौ ११ गते सोमबार अन्तिम दिन थियो ।
बेस्ट फाइनान्सले नेपाल राष्ट्र बैंकवाट गत असार १८ गते सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृती पाएको थियो । त्यस पछि बेष्ट फाइनान्सले साउन १७ गते देखि एकीकृत कारोबार सुरु गरेको हो ।