समीट माइक्रोले अघिल्लो आर्थिक वर्षको बोनस अझै किन गराएन सूचीकरण ?

Oct 04, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले समयमा बोनस तथा हकप्रद सेयर सूचीकरण नगराउँदा सेयरधनीको लगानी बन्धक हुने गरेको छ। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको समीट माइक्रोफाइनान्स (SMFDB) ले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसक्दा पनि अघिल्लो वर्षको बोनस अझै सूचीकरण गराएको छैन ।

लघुवित्तले गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद निष्काशन गरेर सबै सेयर सूचीकरण गराईसकेको छ ।

हकप्रद निष्काशन हुँदै गर्दा साधारण सभाले पारित गरेको बोनस ९ महिना बित्दासम्म नेप्सेमा सूचीकरण हुन नसकेको हो । जसका कारण लगानीकर्ताले लामो समयसम्म समीट माइक्रोको बोनस आफ्नो डिम्याट खातामा देख्न सकेका छैनन् ।

माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट तत्कालीन अवस्थाको ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजीको ३४.४८२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । गत पुस २८ गते सम्पन्न माइक्रोफाइनान्सको साधारण सभाले उक्त बोनस पारित गरे पनि असोज बित्न लाग्दासम्म बोनस सूचीकरण हुन नसकेको हो । माइक्रोफाइनान्सको सूचीकरण गराउन नसकेको बोनस सेयरको संख्या २ लाख ५० हजार कित्ता हुन आउँछ ।

समीट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले प्रबन्धपत्र तथा नियमावली संसोधनमा धेरै विषय परिमार्जन गर्दा सेयर सूचीकरणमा ढिलाई भएको बताए । १ नम्बर प्रदेशका १० जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएको माइक्रोफाइनान्सले १५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने विषय लम्बिएको उनको भनाई थियो ।

 

मेरोलगानीसँग कुरा गर्दै माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत बस्नेतले भने, ‘राष्ट्र बैंकको अनुमतिपछि कार्यक्षेत्र बिस्तार तथा विविध विषय सहित प्रबन्धपत्र नियमावली परिमार्जन भैसकेको छ । सबै कागजात नेप्से पठाई सकिएको छ । केही दिनमा अघिल्लो आर्थिक वर्षको बोनस सूचीकरण हुन्छ ।’

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्ता पूँजी १७ करोडको २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उल्लेखित बोनस बितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।