सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार २१६ कित्ता शेयरको लिलामी खुल्यो

Oct 05, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले लिलामी राखेको ३७ हजार २१६ कित्ता शेयरका लागि आवेदन खुलेको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामीमा राखेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता बिक्री हुन सकेको थिएन् ।

लिलामीको शेयरमा असोज १९ देखि २६ गतेसम्म पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

लिलामीको शेयरमा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइनेछ। न्युनतम १०० रुपैयाँदेखि बोलकबोल गर्न पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६५८ रुपैयाँमा कारोबार भएको थियो ।

लिलामी मार्फत हकप्रद शेयर सकारेसँगै कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । जसका लागि कम्पनीले गतबर्षको कमाईबाट बोनस वितरण गरेर पूँजी जुटाउन सक्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।