राष्ट्रिय बीमा कम्पनीको चैतभित्रै अर्को साधारण सभा गरेर लाभांश खुवाउने आश्वासन

Oct 05, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनीले चैतभित्रै अर्को साधारण सभा सम्पन्न गरेर लाभांश खुवाउने प्रतिबद्धता जनाएको छ । पाँच आर्थिक बर्षको शुक्रबार एकैपटक साधारण सभा गरेर पनि विना लाभांश साधारण सभा डाकेको भन्दै शेयरधनीले बबण्डर मच्चाएपछि सञ्चालक समितिले साे प्रतिबद्धता जनाएको हाे ।

राजधानीमा  आयोजित कम्पनीको ३० औं साधारण सभामा शेयरधनीहरुले चर्को असन्तुष्ट जनाउँदै साधारण सभा हुनै नदिने अडान राखेका थिए । सञ्चालक समितिले चैत भित्रै लाभांश वितरण गर्ने भन्दै शेयरधनीलाई थामथुम पारेको थियो । 

शेयरधनीहरुले एकै पटक लाभांश प्रस्ताव सहितको साधारण सभा गर्नुपर्ने माग गर्दै करिव दुई घण्टा सभा विथोल्ने प्रयास गरेका थिए । साधारण सभामा बोल्ने अधिकांश लगानीकर्ताले लाभांश सहितको साधारण सभा तुरुन्तै राख्नुपर्ने माग गरेका थिए ।

महालेखा परिक्षकको कार्यालयले कम्पनीलाई पाँच आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न ताकेता गरेकोले त्यो सम्पन्न नभएसम्म अर्को साधारण सभा गर्न नपाउने भन्ने आदेश आएको सञ्चालक समितिले जानकारी गराएपछि शेयरधनीहरु शान्त भएका थिए ।

त्यसपछि कम्पनीले सञ्चालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले चैतभित्र लाभांश सहितको अर्को साधारण सभा गर्नेे प्रतिबद्धता जनाएपछि साधारण सभा पुनः सुचारु भएको थियो ।

अवरोधका बावजुत पनि कम्पनीले साधारण सभावाट आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ पाँच आर्थिक वर्षको प्रतिबेदन माथि छलफल गरी वित्तीय विवरण पारित गरेको छ ।

यस्तै कम्पनीको प्रबन्धपत्रको दफा ७ मा संसोधन गर्दै सर्वसाधारण समूहतर्फको ३० प्रतिशत शेयरमध्ये अंकित मूल्यमा पाँच प्रतिशत कर्मचारीलाई निष्काशन गर्नेगरि प्रबन्धपत्रको दफा ७ मा संसोधन गरेको छ ।

यस्तो शेयर राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा व्यवसाय अलग हुँदाको समयमा राष्ट्रिय बीमा संस्थानमा कार्यरत कर्मचारी र हाल कम्पनीका कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरि सर्वसाधारणलाई नयाँ शेयर निष्काशन गर्नुपूर्व सञ्चालक समितिले निर्णय गरि कर्मचारीलाई बाँडफाँड गरिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।