एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारमा

Oct 08, 2018 Merolagani

एनएमवि बैंक (NMB)  र कर्जा बजारबीच सम्झौता भएको छ, । अब एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारमा हेर्न सकिने छ ।

सम्झौतामा बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटलले हस्ताक्षर गरेका हुन् ।

ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न सकिनेछ ।

कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।