सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा शेयर बजारमा सुधार

Oct 08, 2018 Merolagani

गत सातादेखि निरन्तर ओरालो लागेको शेयरबजारमा यो सातोको दोस्रो दिन सोमबार भने सुधार देखिएको छ । पछिल्ला आठ कारोबार दिनमा ६५ अंक बढीले घटेको बजारमा सस्तो मूल्य शेयर उठाउनहरु सक्रिय हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।

छोटो समयमा बजारबाट नाफा कमाउनेहरु शेयरको भाउ घटेपछि पुन बजारमा फर्किन थालेका छन् ।

 

जसले गर्दा शेयरको माग बढ्दा बजार समेत बढेको छ । यसैबीचमा शेयर बेचेर दशैँ खर्च जोहो गर्नेहरुको संख्या कम हुँदै जादा शेयर बिक्रीमा चाप कम देखिएको छ । बजारमा सधारको संकेत देखिएपनि कारोबार रकममा भने सुधार आउन सकेन ।

सोमबार नेप्से ६.१६ अंकले बढेर १२२०.५२ विन्दुमा पुगेको छ । १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएका बजारमा १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएका छन् । आइतबार ४० करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो ।

सोमबार दश उप समुह मध्ये आठ समूहको सूचकमा सूधार आउदा दुई समूहको सूचक भने घटेको छ । जस मध्ये सबैभन्दा धेरै होटल समूहको सूचक ४८.४३ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ७.६१ अंकको वृद्धि देखिएको छ ।

त्यसैगरी निर्जीवन बीमा समूहको ३०.५, उत्पादन समूहको १३.५६, डेभलपमेन्ट बैंक समूहको ११.८७, लघुवित्त समूहको ९.०२,वित्त समूहको १.९२ र हाइड्रोपावर समूहको सूचक १ अंकले वृद्धि भएको छ । जीवन बीमा समूह ४.७१ अंक र अन्य समूहको सूचक ४.७१ अंकले घटेको छ ।

माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै ९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। एनआईसि एसिया बैंक, एनसिसि बैंक, हिमालयन डिस्टिलरी र मेगा बैंकको शेयर एक करोड रुपैयाँ बढीको कारोबार भएको हो ।

सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको बजार बढ्दा सर्किट ब्रेक लागेको छ। सेन्ट्रल फाइनान्सको शेयर मूल्य ५.०८ प्रतिशतले बढेको छ ।

मञ्जुश्री फाइनान्सका शेयरधनीले सबै भन्दा धेरै ३ प्रतिशतले गुमाएका छन्। ङादी ग्रुप पावर, नेश्नल हाइड्रो पावर कम्पनी, कञ्चन डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त र सपोट माइक्रोफाइनान्सको शेयर मूल्यउ दुई प्रतिशतले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।