नेप्सेको वृद्धि टिक्न सकेन, सूचक र कारोबार दुबै घटे

Oct 09, 2018 Merolagani

लगानीकर्तालाई दशैं लागेपछि मंगलबार कारोबारको एक घण्टा १० मिनेटसम्म उकालो लागेको बजार त्यसपछि विस्तारै सुस्त बन्दा अन्तत २.५९ अंकले घटेर बन्द भएको छ । मंगलबार बिहान १२२० बिन्दुमा खुलेको नेप्से परिसूचक एक घण्टा दश मिनेटमा १२२६.९९ अंकसम्म उक्लेको थियो । 

  साना तथा मझौला काराेबारी दशैं खर्चतर्फ लागेपछि खरिद भन्दा बिक्रीचाप बढ्यो र बजार परिसूचक १२१७.९३ अंकमा बन्द भएको हाे । 

मंगलबार १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर ३४ करोड ३२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबारको तुलनामा मंगलबार कारोबार रकम दुई करोड ८४ लाखले घटेको हो । सोमबार ३७ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो । 

कारोबारमा आएका दश उप सूचकमध्ये अन्य समूहको सूचक मात्र ११.६९ अंकले वृद्धि भएको छ भने बाँकी नावटै उप समूहको सूचक ऋणत्मक बने । यस दिन निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३७.६४ अंकले घटेको छ । होटल २१.४३, जीवन बीमा १८.६३, हाइड्रोपावर १२.८२, उत्पादन तथा प्रशोधनको सूचकमा ११.८३ अंकले गिरावट आएको छ ।

लघुवित्त समूहको इन्डेक्स् ७.६२, बैंकिङ्ग ३.८९, डेभलपमेन्ट बैंक १.३८ र वित्त समूहको सूचक १.१ अंकले नकारात्मक बनेका छन् ।

यसदिन उच्च कारोबार हुने कम्पनीको पहिलो स्थानमा नाडेप लघुवित्त रहेको छ । नाडेपको शेयरमूल्य प्रतिकित्ता ५२ रुपैयाँ बढेर १५४२ पुगेको छ भने सबैभन्दा धेरै तीन करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरि चिलिमे हाइड्रोपावर कम्पनी, एनआईसी एशिया, सानिमा माइ हाइड्रोपावर, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, कुमारी, प्रभु, नेपाल बैंक र एनसीसी बैंक उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन् । एनसीसी बाहेक सबैको कारोबार एक करोड नाघेको छ ।

माछापुच्छ्रे बैंकको शेयर सबैभन्दा बढी ६३ हजार ९२७ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा नेपाल सेवा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयरमूल्य ६.८१ प्रतिशतले बढोत्तरी भएर प्रतिकित्ता ५३३ रुपैयाँमा कारोबार भएको छ ।

ग्लोबल आईएमई लघुवित्त ६ तथा पोखरा फाइनान्स र एनआईबिएल प्रगति फण्डको इकाईको मूल्य ४ प्रतिशत बढीले बढेको छ ।

यस दिन नेपाल इन्स्योरेन्सका शेयरमूल्य सबैभन्दा धेरै अवमूल्यन भएको छ । कम्पनीको शेयर ४.१८ प्रतिशतले गिरावट आएर प्रतिकित्ता ५२७ रुपैयाँमा झरेको छ । महिला सहयात्रा माइक्रोफाइनान्सको शेयरधनीले पनि ४ प्रतिशतले गुमाएका छन् । प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ३.७ प्रतिशतले ओरालो लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।