पञ्चकन्या माईको शेयर कारोबार सुरु, कतिमा खुल्याे कारोबार ?

Oct 10, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर (PMHPL) को नेपाल स्टक एक्सचेञ्चमा असोज २४ गते बुधबारदेखि शेयर कारोबार सुरु भएको छ । शेयर बाँडफाँड भएको साढे दुई महिनापछि कम्पनीको शेयर सूचीकरण पश्चात कारोबार खुलेको हो ।

नेप्सेले कम्पनीको शेयर करोबारका लागि ‘पीएमएचपीएल’ संकेत प्रदान गरेको छ । 

बुधबारबाट यहि संकेतमा कम्पनिको कारोबार सुचारु हुनेछ । पञ्चकन्याको पहिलो कारोबारका लागि स्टक एक्सचेञ्जले १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्म काराेबार रेन्ज प्रदान गरेको छ । यहि रेञ्जबाट कम्पनीको पहिलो शेयर कारोबारकाे थालनी हुनेछ ।

कम्पनीको पहिलो कारोबार १६० रुपैयाँबाट सुरु भएको छ । समाचार तयार पार्दासम्म प्रतिकित्ता शेयर १४४ रुपैयाँमा कारोबार भैरहेको छ ।

धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार कुनैपनि कम्पनीको शेयर बाँडफाँड भएको एक सातामै सूचीकरण गरेर कारोबार गर्न सकिने व्यवस्था भैसकेको छ । पञ्चकन्या माइको भने समयमै वित्तीय विवरण सार्वजनिक गर्न नसक्दा कारोबारमा ढिलाई हुँदै अाएकाे थियाे ।

पञ्चकन्या माइले गत साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता आर्इपिओ निष्काशन गरेर साउन ११ गते बाँडफाँड गरेको थियो ।

जसमध्ये ४ प्रतिशत बराबरको ४४ हजार कित्ता कर्मचारीहरु तथा पाँच प्रतिशत अर्थात ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर १० लाख एक हजार कित्ता आम सर्वसाधारणमा बाँडफाँड गरको थियो ।

कम्पनीकाे बुधबार एक करोड १० लाख ५५ हजार कित्ता शेयर सूचीकृत भएको हाे । जसमध्ये ११ लाख कित्ता साधारण शेयर अार्इपिअाे रहेकाे छ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।