उपयुक्त संस्थासँग मर्जरमा जाने बाटो खुला गर्दै महालक्ष्मीले पारित गर्यो लाभांश

Oct 12, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) को १७ औं वार्षिक साधारणसभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा गाभ्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ। साथै बैंकको साधारणसभाले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

शुक्रबार सम्पन्न बैंकको साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसअनुसार २१ करोड ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबर बोनस र १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

साथै साधारण सभाले लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी छ । बैंकले हालसम्म करिब २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।