मर्जर/एक्वीजिशन खुला गर्दै गरिमा विकास बैंकले पारित गर्यो लाभांश

Oct 13, 2018 Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) को बाह्रौं बार्षिक साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्दै गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १३.७५ प्रतिशत लाभांश पारित गरेको छ ।

असोज २६ गते शुक्रबार पोखराको होटल ग्रान्ड विरौटामा बैंकको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको हाे । 

सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले पारित गरेको २५ करोड ३४ लाख ८८ हजार रुपैयाँको बोनस तथा ९ करोड ५० लाख ५८ हजार रुपैयाँ नगद लाभांश अब शेयरधनीलाई वितरण गर्नेछ । साधारण सभाको लागि बैंकले असोज १२ गतेदेखि बुकक्लोज गरेकाले ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पूँजी रहेको गरिमाको १० प्रतिशत बोनस पश्चात २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

गत बर्ष बैंकले ४३ करोड ७८ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १७ रुपैयाँ २७ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।